पहिरो खस्दा सडक नागढुङ्गा–नौबिसे अबरुद्ध

काठमाडौं । काठमाडौं भित्रिने प्रमुख राजमार्ग नागढुङ्गानजिक पहिरो जाँदा दुईतर्फी आवत–जावत अबरुद्ध भएको छ । धादिङ जिल्लाको नागढुङ्गाबाट झण्डै दुईसय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरो खसेर दुबै तर्फबाट सवारी आवागमन अवरुद्ध भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमराज थपलियाले बताए । उनका अनुसार ठुलो पानी परिरहेको छ, ढुङ्गा खस्नेक्रम जारी छ, सडक खुलाउन स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि काम गर्न सकिएको छैन । सडक पूर्ण रुपमा बन्द छ । पानी रोकिएपछि सडक अवरुद्ध खुलाइने उनले बताए ।

nसो खण्डमा आवत–जावत अवरुद्ध भएपछि दुवैतर्फ अहिले सवारी साधनको लामो लाम भएको छ । पानी पर्नेक्रम जारी रहेकाले सुरक्षित रहन प्रहरीले सर्वसाधारणलाई अनुराेध गरेको छ ।

You might also like

Comments are closed.

Secret Link