त्रिवेणी (नवलपरासी) । पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले १ वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ ।
जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । कार्यालयले गत आवमा ३९ किलोमिटर नाला निर्माण गरेको छ । यस्तै ठूला तीन मोटरेबल पुल निर्माण सम्पन्न गरेको उनी बताउँछन् ।
पूर्वाधार कार्यालयले १२ कलभर्ट तथा कजवे निर्माण गरेको छ । यस्तै ३ झोलुङ्गे पुल निर्माण गरेको कार्यालय प्रमुख अर्यालले बताएका छन् । गत वर्ष पूर्वाधार विकास कार्यालयले सडक निर्माण, मोटरेबल पुल, झोलुङ्गे पुल, कलभर्ट निर्माणसहितका बहुवर्षीय ११५ योजना सम्पन्न गरेको उनले बताए । रासस




Comments are closed.