रामपुर नगरपालिकाको सहयोगमा राहुडाँडामा भवन निर्माण, नगर प्रमुख थापाबाट उद्घाटन

रामपुर (पाल्पा) । रामपुर नगरपालिका वडा नं.१० राहुडाँडा पाल्पामा हल सहितको २ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको छ । भवनको विहिबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले जनताको सहभागिता सहितको समन्यव र सहयोगले मात्र हरेक स्थानीय तहको विकासले सार्थकता पाउने बताए । स्थानीय सरकारले सञ्चालन गर्ने योजना तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न हरेक स्थानीयबासीको महत्वपूर्ण भूमिका हुने नगर प्रमुख थापा बताउँछन् ।

“हरेक तहको सरकार र जनताविच सकारात्मक समन्वय र सहयोग सहति हातेमालो गर्न आवश्यक छ” उनले भने,–“स्थानीय तहको समृद्धिका लागि स्थानीय तहमा सञ्चालन गर्ने हरेक कार्यक्रममा जनताको उत्तिकै भूमिका हुन्छ” ।

नगर प्रमुख थापाले नगरको विकासका लागि स्थानीय सरकारसंग प्रतिपक्षको रुपमा भन्दा पनि समकक्षी भएर काम गर्न आग्रह गरेका छन् । समुहको भवन निर्माणका लागि नगरपालिकाको थोरै लगानीबाट पनि गुणस्तरीय संरचना निर्माण गरेकोमा कामको प्रसंशा गर्दै उनले नवनिर्मित संरचनाको सही सदुपयोग गर्न आग्रह गरेका छन् । साथै भवनलाई बहुउपयोगी बनाई उपलब्धीमूलक कार्यक्रम सञ्चालन गर्न उपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नं.१० का अध्यक्ष तोयानाथ सारु थापाले जनताको चहाना र आवश्यकता अनुसार जनप्रतिनिधिले काम गर्दै आएको भन्दै स्थानीय सरकारबाट विनियोजित बजेटको सही कार्यान्वयन गर्न सके विकासले चाँडो फड्को मार्ने उल्लेख गरे । साथै वडाको विकासका लागि कुनै दल विषेश भन्दा पनि आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने भन्दै नवनिर्मित भवनलाई बहुउपयोगि बनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा चेतनशिल आमा समुहका अध्यक्ष विष्णुमाया खाम्चाले देउसी भैलो लगायत विभिन्न कार्यक्रम सङ्कलित रकम र नगरपालिकाको सहयोगमा भवन निर्माण गरेको बताइन् । आफुहरुको आवश्यकतालाई मध्यनजर गरेर रामपुर नगरपालिकाले विभिन्न चरणमा बजेट विनियोजन गरेकोमा धन्यवाद दिंदै भवनलाई भौतिक संरचनामा मात्र सिमित नराखी बहुउपयोगी बनाउने अध्यक्ष खाम्चाले प्रतिबद्धता व्यक्त गरिन् ।

निर्माण समितिका संयोजक भुवान सिं सिंजालीले कुनै आस्था भन्दा पनि माथी उठेर जनताको आवश्यकतालाई बुझ्न आवश्यक रहेको भन्दै नगर सरकारले गरेको कामको प्रशंसा गरे । साथै उनले १६ लाख ६० हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको आम्दानी खर्च सार्वजनिक गरे ।

रामपुर नगरपालिकाको ६ लाख ५० हजार, चेतनशिल आमा समुहको रु ६ लाख २० हजार, बाबा समुहको रु १ लाख, सिर्जनशिल युवा क्लवको रु २० हजार र स्थानीयको जनश्रमदानमा हलसहितको २ कोठे एकतले पक्कि भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएपछि विभिन्न समुह, क्लव, टोल विकास संस्था लगायत विभिन्न संस्थाको बैठक बस्न, तालिम सञ्चालन गर्न, विभिन्न कार्यक्रम गर्न सजिलो हुने स्थानीय राजु गुरुङ बताउँछन् ।

चेतनशिल आमा समुहका अध्यक्ष विष्णुमाया खाम्चाको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामबहादुर आलेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन पर्शुराम पाण्डेले गरेका हुन् ।

You might also like

Comments are closed.