कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुबेदीले गरेका हुन् । कार्यक्रममा उनले केही सहकारीमा आएकोे समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठेरो परेको सुनाए । उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।

संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानो सानो पुँजी पनि आफ्नै सहकारीबाट कारोबार गर्ने बानीको विकास गर्न शेयर सदस्यलाई आह्वान गरेका छन् । उनले सहकारीको आर्थिक कारोबारलाई पारदर्शी र विश्वसनिय ढंगले अगाडी बढाउँदै शेयर सदस्यका हितको लागि कार्य गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संस्थाका सल्लाहकार होमराज भट्टराई, नवराज सुबेदी, दुर्गादत्त पौडेल, संस्थाका उपाध्यक्ष मधु सुबेदी, सम्मानित शेयर सदस्य राजेन्द्र इटानी लगायतले आफ्ना भनाई राखेका छन् । साधारण सभामा सहकारीका अध्यक्ष सुदीप अधिकारी, सचिव रुपकराज मिश्र, कोषाध्यक्ष एकराज गिरी, लेखा सुपरिवेक्षण समिती संयोजक विजेन्द्र शर्मा पौडेल लगायतले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका छन् ।

समारोहमा गत आर्थिक बर्षभरि उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु राजेन्द्र इटानी र आरती केसीलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष सुदीप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवम् कार्यक्रम संयोजक मधु सुबेदीले गरेको बताइएको छ ।

सहकारीको सिद्धान्त सम्बन्धी सदस्य गीता पराजुलीले जानकारी दिएको कार्यक्रममा स्वागत नृत्य संस्कृति अधिकारीले गरेकी हुन् । कार्यक्रमको सञ्चालन सन्जय मल्लले गरेका हुन् ।

You might also like

Comments are closed.