८ दशमलव ३ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन ८ दशमलव ३ प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा ५ हजार ५६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।

सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४ हजार ८५१ र बङ्गलादेशबाट ३ हजार ७७ पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार ३०४, सन् २०२१ को अगष्टमा ६ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका थिए । रासस

You might also like

Comments are closed.