लिट्मस केबल्सले ल्यायो ‘वायरिङ दमदार, घर शानदार’ योजना

काठमाडौं । लिट्मस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्तालाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ५ भाग्यशाली विजेताले हरेक हप्ता एयरपड्स, ड्रिल मेशीन, राइस कुकर, ब्याग प्याक र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५ हजार बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा वाट्स्एप गरी पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

यसका साथै, बम्पर लक्की ड्र मार्पmत सहभागीले टीभी, वासिङ्ग मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोनजस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । यो योजना भदौं १५ देखि असोज ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

लिट्मस इण्डस्ट्रिज लिमिटेडको बारेमाः
लिट्मस इण्डस्ट्रिज लिमिटेड, रमेश कर्प अन्तर्गत संस्था र नेपालको अग्रणी केबल निर्माता, जसले २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । सन् २०१४ देखि लिट्मस इन्डष्ट्रिज लिमिटेडले नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आएको छ ।

लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायले प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तरप्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।

You might also like

Comments are closed.