नेपाल र युरोपमा लिपमोटर ढुवानी एकैसाथ सुरु

काठमाडौं । लिपमोटरले आफ्नो लक्जरी इलेक्ट्रिक एसयूभी, सी १० नेपाल र युरोपमा एकैसाथ दुवानी सुरु गरेको छ ।

साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपालमा लिपमोटरका लागि अधिकृत बिक्रेता कम्पनीले आफ्ना ग्राहकलाई लक्जरी ईभि उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धतालाई जोड दिँदै नेपाली बजारमा सी १० ल्याउने भएको छ । युरोप र नेपालमा एकैसाथ दुवानीले लिपमोटरको विश्वव्यापी रणनीतिको प्रमुख भागको रूपमा नेपाली बजारप्रति बलियो प्रतिबद्धतालाई जोड दिन्छ ।

लिपमोटर सी १० एक लक्जरी इलेक्ट्रिक एसयूभी हो । यसमा ६९.९ किलोवाट एलएफपि व्याट्री, १६० किलोवाट पावर र ३२० एनएम टोर्क छ । गाडीले ४२० किलोमिटरको दायरा र १९० एमएमको ग्राउन्ड क्लियरेन्स, जसले यसलाई नेपालका विविध भूभागका लागि आदर्श बनाउँछ । थप रुपमा सी १० ले सबै यात्रुका लागि शीर्षस्तरको सुरक्षा सुनिश्चित गर्दै 5–तारा एनसीएपी सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ ।

काठमाडौं, विर्तमोड, बीरगञ्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज र पोखरासहित नेपालका प्रमुख सहरमा लिपमोटर सी १० वितरण गर्न साइयिला मोटर्सले तयारी गरिरहेको छ । यस कदमले देशभरका ग्राहकले विद्युतीय सवारी प्रविधिमा नवीनतम पहुँच सुनिश्चित गर्नेछ । थप जानकारी र अपडेटका लागि साङ्ग्रिला मोटर्स प्रालिमा सम्पर्क गर्न सकिनेछ ।

You might also like

Comments are closed.