सन् २०२३ को ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति रतन टाटालाई

काठमाडौं । सन् २०२३ को लागि अणुव्रत विश्व भारतीद्वारा प्रदान गरिने प्रतिष्ठित ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटालाई प्रदान गरिएको छ । एक कार्यक्रमका बीच पुरस्कार टाटाको मुम्बई स्थित निवासमा गएरै प्रदान गरिएको हो ।

अणुव्रत विश्व भारतीका राष्ट्रिय अध्यक्ष अविनाश नाहरसँगै त्यहाँ पुगेको प्रतिनिधिमण्डलले टाटालाई रू १ लाख ५१ हजार बराबरको पुरस्कारसहित स्मृति चिन्ह प्रदान गरेको छ । सो अवसरमा अणुविभाका महामन्त्री भीखमचन्द सुराना, मुम्बई भन्सार आयुक्त अशोककुमार कोठारी, अणुविभाका उपाध्यक्ष विनोद कोठारी र सहमन्त्री मनोज सिंघवी उपस्थित थिए ।

अणुविभाका अध्यक्ष अविनाश नाहरले टाटालाई अणुव्रत पुरस्कार हस्तान्तरण गर्दै मानव जातिमा गरेको सकारात्मक योगदानको प्रशंसा गर्दै विश्वमा मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकोमा सम्पूर्ण अणुविभा परिवारको तर्फबाट बधाई दिए । अणुव्रत अनुशास्ता आचार्य महाश्रमणले टाटालाई शुभकामना सन्देश पठाउँदै उनको सु–स्वास्थ्यको कामना समेत गरेका छन् । टाटाले अणुव्रत अनुशास्ता आचार्य महाश्रमणप्रति सम्मान व्यक्त गरेका गरे ।

अणुव्रत आन्दोलनले विगत ७५ वर्ष देखि मानव एकता, नैतिकता, अहिंसा र सद्भावनाको क्षेत्रमा व्यापक कार्य गर्दै आएको सर्वविधित नै छ । आचार्य तुलसीले शुरू गरेको यो आन्दोलनले संयुक्त राष्ट्रसंघमा समेत आफ्नो विशेष पहिचान बनाएको छ । अणुव्रत पुरस्कारको श्रृङखलामा आत्माराम, जैनेन्द्रकुमार, शिवाजी भावे, शिवराज पाटिल, नितिश कुमार, डा.एपीजे अब्दुल कलाम, डा.मनमोहन सिंह, टीएन शेषन, प्रकाश आमटे लगायत प्रतिष्ठित व्यक्तिलाई सम्मानित गरिएको छ ।

यस अवसरमा अणुव्रत प्रतिनिधिमण्डलले रतन टाटालाई अणुव्रत साहित्यहरू ‘अणुव्रत’ र ‘बच्चोका देश’ भन्ने पत्रिकाका विशेष अङ्कहरू भेट गरेका थिए । कार्यक्रममा टाटालाई अणुव्रतका विभिन्न कार्यक्रमहरू जस्तैः चुनाव शुद्धि अभियान, अणुव्रत डिजिटल डिटक्स, एलिभेट, पर्यावरण जागरूकता अभियान, नशामुक्ति अभियान, जीवन विज्ञान आदिका बारेमा जानकारी गराए । टाटाले अणुव्रत विश्व भारती परिवारलाई समाज सुधारका लागि गरिरहेका कार्यप्रति प्रशंसा गर्दै शुभकामना दिएका छन् ।

अनुव्रत सुरु भएको ७० बर्षदेखी यसको समिति नेपालमा पनि सञ्चालन रहेको छ । यसको अध्यक्षमा भुतपुर्व प्रधानमन्त्री स्व. मातृकाप्रसाद कोइराला समेत रहेका थिए । अनुव्रत समितिमार्फत यसको नियम परिवार मुक्ति, नसा मुक्ति, साम्प्रदायीक सौहाद्रताको लागी एवं अनेक प्रकारका मानवीय कल्याण हुने व्रतको लागी यो अभियान नेपालको पुर्व मेचीदेखी पश्चिम महाकालिसम्म सञ्चालनमा रहेको छ । यसबाट नेपाली जनता प्रत्यक्ष तथा परोक्ष रुपमा लाभान्वित भइरहेका छन् ।

You might also like

Comments are closed.

Secret Link