काठमाडौं । यति एअरलाइन्स र होटल एसोसिएसन पोखराबीच सम्झौता भएको छ ।
सम्झौतासँगै होटल एसोसिएसन पोखरामा आबद्ध ३ सय भन्दा बढी सदस्यले यति एअरलाइन्सको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा एसोसिएसनका अध्यक्ष लक्ष्मण सुवेदी र यति एअरलाइन्सका पोखरा प्रमुख राम लामिछानेले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै होटल एसोसिएसनमा आबद्ध सदस्य लाभान्वित हुने विश्वास गरिएको छ ।






Comments are closed.