निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । एनसेलले कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा ३ सय भन्दा बढी स्थानीयले स्वास्थ्य परामर्श तथा सेवा लिएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा दिइएको छ । स्वास्थ्यकर्मीको परामर्श अनुसारको आवश्यक निःशुल्क औषधी पनि वितरण गरिएको छ ।

शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका ३ फुलिका स्वास्थ्य चौकीमा पनि शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने बताएको छ ।

सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु गर्दै आएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले बताइन् । एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत सातै प्रदेशमा विकास कार्यहरु कार्यान्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अन्तर्गत अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी रु ३२० खर्ब भन्दा बढी राजस्व तिरिसकेको छ ।

You might also like

Comments are closed.