रामपुरमा मनाइयो बाल दिवस

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले ६० ‍औँ राष्ट्रिय बाल दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा रामपुर नगरपालिका शिक्षा शाखाले शनिबार विभिन्न प्रतियोगितासहित विद्यार्थीलाई सम्मान गरेको छ ।

कार्यक्रममा एसइई परीक्षा २०८० मा सहभागी भई ३.६ वा सो भन्दा बढि जिपिएका साथ उत्तिर्ण विद्यार्थीलाई सम्मान गरिएको छ । यस्तै मावि स्तरीय वादविवाद प्रतियोगिता, आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, प्रावि तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता र चित्रकला प्रतियोगिता समेत सम्पन्न गरेको छ ।

विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख तथा कार्यवहाक नगर प्रमुख बालकुमारी थापाले हरेक बालबालिका र विद्यार्थीको भविष्य शिक्षक र अविभावकमानिहित हुने बताइन् । बालबालिकाको उज्जवल भविष्यका लागि घर र विद्यालय दुवैमा बालमैत्री वातावरण बनाउन आवश्यक रहेको उनले उल्लेख गरिन् । हरेक बालबालिका कमजोर र क्षमतावान बनाउनका लागि अविभावकले सिर्जना गर्ने शैक्षिक वातावरण र शिक्षकको सिकाईमा भर पर्ने भएकाले शिक्षा र सिकाईका लागि उचित वातावरण बनाउन आग्रह गरेकी छन् ।

साथै उपप्रमुख थापाले बालबालिकाको अधिकार र शिक्षालाई सुनिश्चित गर्नका लागि नगर सरकार सधैँ प्रतिवद्ध भएर लागेको भन्दै रामपुर नगरपालिकामा बालमैत्री स्थानीय शासन लागु गर्ने तयारीमा रहेको जानकारी दिइन् । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि सबै लाग्न आवश्यक रहेको उनी बताउँछिन् ।

सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाले बालबालिकाको सर्वाङ्गिण विकासका लागि नगरपालिकाले विविध कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ बढि प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्ने बताइन् । रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले हरेक बालबालिका तथा विद्यार्थीलाई निश्चित नतिजाको आधारमा दबाव र सजाय दिन नहुने भन्दै उमेर र समय अनुसार हरेक सिकाइमा सफल हुने बताएका छन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका शिक्षा समिति सदस्य तथा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बालबालिकाको प्रतिभा पहिचानको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै सम्मानित तथा प्रतियोगितामा विजयी विद्यार्थीलाई बधाई सहित शुभकामना दिएका छन् ।

६० औँ राष्ट्रिय बाल दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिका भित्रका सामुदायिक र निजी विद्यालयका ३.६ जिपिए ग्रेड वा सो भन्दा माथी ग्रेड ल्याई एसईई उत्तिर्ण हुने ३५ जना विद्यार्थीलाई नगद र सम्मान पत्रले सम्मान गरिएको छ । उनीहरुलाई नगद २ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको ।

यस्तै दिवसको अवसरमा भएको मावि तह स्तरीय वादविवाद प्रतियोगितामा प्रथम गंगा माध्यमिक विद्यालय रामपुर ८ पाल्पाका श्रेया आचार्य, द्धितिय जनकल्याण माध्यमिक विद्यालयका स्वरुपराज खनाल,तृतिय भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलका सक्षम बस्ताकोटी र सान्तवना रामपुर अंग्रेजी माध्यमिक विद्यालयका रुपेश थापा र रामतुलसी माध्यमिक विद्यालयका विवशा घिमिरे भएका छन् ।

आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा गेझा सनराईज बोर्डिङ स्कुल रामपुर १० पाल्पाका सुरक्षा गौडेल,द्धितिय दरैठाँटी माध्यमिक विद्यालयका कुशल सिग्देल ,तृतिय रामतुलसी माध्यमिक विद्यालयका नमुना न्यौपाने र सान्त्वना भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलका सुस्मिता खत्री भएका छन् ।

यसैगरी प्राथमिक तह स्तरीय हाजिरिजवाफ प्रतियोगितामा दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुर, द्धितिय रामतुलसी माध्यमिक विद्यालय रामपुर ५ वेझाँड, तृतीय गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटार र सान्त्वना भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुल रामपुर ५ मटेरी भएको छ ।

कक्षा १ देखि ३ सम्मको चित्रकला प्रतियोगितामा प्रथम बालासिद्ध प्राथमिक विद्यालयका मिलन श्रेष्ठ, द्धितिय दरैठाँटी माध्यमिक विद्यालयका विहानी ढकाल, तृतीय रामपुर आधारभूत माध्यमिक विद्यालयका शुष्मा मोक्तान र सान्त्वना भूपु सैनिक राइजिङ इङ्गलिस बोर्डिङ स्कुलका रोजित मल्ल भएका छन् । प्रतियोगितमा विजयी विद्यार्थीलाई नगद र प्रमाण पत्रसहित पुरस्कृत गरिएको छ ।

रामपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख तथा कार्यबहाक नगर प्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगर शिक्षा अधिकृत विकल काफ्लेको स्वागतबाट नगरपालिकाको सभाहलमा शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गरेकी हुन् ।

You might also like

Comments are closed.