टिकेन पुँजीबजारको उकालो यात्राः नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । पछिल्लो २ कारोबार दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर २ हजार ५९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ बराबरको कारोबार भएको छ । आज वित्त समूहको उपसूचक १ दशमलव ७५ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।

jutta mela

सबैभन्दा बढी निर्जीवन बिमा समूहमा १ दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ । बैंकिङ ० दशमलव ७१, विकास बैंक १ दशमलव ३८, होटल तथा पर्यटन १ दशमलव ७९, जलविद्युत् १ दशमलव ७४, लगानी १ दशमलव ५२ र जीवन बिमा ० दशमलव ४० प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन १ दशमलव ७९, लघुवित्त १ दशमलव १२, म्युचुअल फण्ड ० दशमलव ४१, व्यापार १ दशमलव १८ र अन्य समूह ० दशमलव ०३ प्रतिशतले घटेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको रु २० करोड ७१ लाख ५५ हजार २६७ को शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर ७ लाख ९ हजार ८६७ कित्ता किनबेच भएको छ ।

You might also like

Comments are closed.