सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

काठमाडौं । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु २ करोडको चेक हस्तान्तरण गरे ।

यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरबाट रु ५ लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

You might also like

Comments are closed.