काठमाडौं । फस्ट वाल्क ब्राण्डका जुत्ता खरिदमा ग्राहकले आकर्षक छुट पाउने भएका छन् । नेपालीको महान पर्व दसैं, तिहार, छठ लगायत पर्वलाई लक्षित गरी विशेष छुटमा जुत्ताहरु बिक्री भइरहेको कम्पनीले जनाएको छ ।
स्क्र्याच कुपनको आधारमा आकर्षक उपहारसहित १० देखि ३५ प्रतिशतसम्म छुट उपलब्ध रहेको फस्ट वाल्क ब्राण्डका जुत्ताहरुको उत्पादक कम्पनी शुभकामना फुटवयरले जनाएको छ । देशभर रहेका फस्ट वाल्कका स्टोर्सहरुमा छुट प्राप्त हुने बताइएको छ ।
त्यसैगरी उद्योगबाट उत्पादित नयाँ नयाँ मोडलका जुत्ताहरुसमेत कम्पनीले बजारमा ल्याएका छ । आकर्षक तथा बलियो जुत्तालाई प्राथमिकतामा राख्दै नयाँ नयाँ मोडलहरु बजारमा सार्वजनिक भएको उद्योगले जनाएको छ ।
लेडिज, जेन्स तथा बच्चा लगायत सबैका लागि लक्षित गरी कम्पनीले जुत्ताहरु उत्पादन गर्दै आइरहेको छ । पछिल्लो समय नेपाली ब्राण्डलाई माया गर्ने क्रम बढेको छ ।
ग्राहकको विश्वास जित्ने गरी आकर्षक र बलियो जुत्ताहरु ग्राहकमाझ उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
Comments are closed.