ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र कर्मचारी सञ्चय कोष बीच सम्झौता

काठमाडौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र कर्मचारी सञ्चय कोष बीच सम्झौता भएको छ ।
रिसर्च सेन्टरमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको औषधि उपचार सामाजिक सुरक्षा विनियम २०८० अनुसार सहजिकरण गरिदिने विषयमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा रिसर्च सेन्टर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत तथा प्रशासकीय व्यवस्थापक बिपिन जङ्गम र कर्मचारी सञ्चय कोषका तर्फवाट निबृत्तिभरण व्यवस्थापन तथा समाजिक सुरक्षा विभागका विभागिय प्रमुख बिरेन्द्र पौडेल तथा बरिष्ठ प्रवन्धक कल्पना मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कोषका सञ्चयकर्ता स्वयम्, श्रीमान वा श्रीमती बिरामी तथा घाइते भएमा ॐ हस्पिटलमा गरेको उपचारको सोधभर्ना कर्मचारी सञ्चय कोषले उपलब्ध गराउने सुनिश्चित गरिएको छ । रिसर्च सेन्टर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको औषधि उपचार प्रयोजनका लागि बागमती प्रदेशका लागि विनियम ७ बमोजिम सूचिकृत अस्पताल हो ।

रिसर्च सेन्टर दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञता सेवाहरु सुलभ मूल्यमा विश्वस्तरिय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो । जसले ३ दशक अघिदेखी निरन्तर र अविच्छिन्न रुपमा ॐ अस्पतालले स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.