बिमा प्राधिकरणबाट रु १ करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु १ करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् ।

विभिन्न संघ संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्राप्त भइरहेको छ ।

lcci
You might also like

Comments are closed.