काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु १ लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु १ हजार ५ सयले बढेको हो ।
यसैगरी,चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर २ हजार ५ कायम भएको महासङ्घले जनाएको छ । सोमबार १ तोला चाँदी रु २ हजार ६५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन २ हजार ७५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Comments are closed.