दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक रु २ करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका छन् ।

विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत १ वर्षमा १२ हजार ५१७ लिटर दुध बेचेर रु ८ लाख १२ हजार ४५५ कमाउन सफल भएका छन् । सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान हुन् । उनले १ वर्षमा ९ हजार ८९६ लिटर दूध बिक्री गरेर रु ६ लाख १६ हजार ३२० कमाउन सफल भएका छन् ।

तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् । तोयानाथले १ वर्षमा ८ हजार ५४० लिटर दूध बेचेर रु ५ लाख ४८ हजार ४४३ कमाउनुभएको छभने रवीन्द्रले ८ हजार १४७ लिटर दूध बेचेर रु ५ लाख १३ हजार ७०० हात पारेका छन् ।

एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा ३ लाख ७९ हजार १६१ लिटर दूध बेचेर रु २ करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए ।

४४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा रु १ करोड २३ लाख १० हजार बचत तथा १ करोड १ लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपालको भनाइ छ ।

You might also like

Comments are closed.