नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर २ हजार ७४८ दशमलव ७८ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३३ अङ्कले उकालो लागेर ४८६ दशमलव ०३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा ७ उपसमूहको शेयर मूल्य भने उकालो लागेको हो ।

कूल २ करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर रु १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । न्यादी ग्रुप पावर ९ दशमलव ७९ र माछापुच्छ्रे बैंकको लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतले कमाएका छन् ।

यस्तै, रावा इनर्जी ९ दशमलव १२, कुर्थली कुखरी स्मल हाइड्रोपावर ७ दशमलव ३२, पिपल्स हाइड्रोपावर ६ दशमलव ०८, सुपर माई हाइड्रोपावर ४ दशमलव ९२ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ३६ प्रतिशतले गुमाएका छन् ।

lcci
You might also like

Comments are closed.