गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् ।
गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा ५८४ ‘तेह्रथुुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए ।
कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुुदान सहयोग पनि पाएका छन् ।
कार्यक्रमका लागि कुल लागत रु ७ लाख ८१ हजार ४ सय रहेकामा आयोजनाबाट रु ३ लाख ९० हजार ७ सय स्वीकृत अनुुदान रहेको छभने रु ३ लाख ९० हजार ७६३ स्वयंले व्यहोर्नुहुनेछ । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ ।
Comments are closed.