नेप्से परिसूचकमा ५ अङ्कको झिनो सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ । परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २ हजार ६१३ दशमलव ०८ को विन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार ८४० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब १९ करोड एक लाख ४१ हजार ८९१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह ० दशमलव ३५, वित्त १ दशमलव ०३, जलविद्युत् ० दशमलव ९२, म्युचुअल फन्ड ० दशमलव ४८ र व्यापार समूह २ दशमलव १० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । विकास बैंक ० दशमलव १९, होटल तथा पर्यटन ० दशमलव ७८, लगानी ० दशमलव ७४, जीवन बीमा १ दशमलव १० र उत्पादन तथा प्रशोधन ० दशमलव ८९ प्रतिशतले बढेको छ ।

त्यसैगरी लघुवित्त ० दशमलव ०३, निर्जीवन बीमा १ दशमलव ७८ र अन्य समूह २ दशमलव ७९ प्रतिशतले बढेको छ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य ८ दशमलव ९६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रु २३ करोड ७६ लाख ३५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको ४ लाख ७५ हजार ९ सय कित्ता शेयर किनबेच भएको छ ।

You might also like

Comments are closed.