काठमाडौं । एमएडब्लु वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीका लागि नवप्रवर्तन र एडभेन्चरका नियम नै बदल्ने एक विशेष योजना ल्याएको छ । यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवलाई बलियो बनाउने छ ।
यस नयाँ योजना अन्तर्गत ग्राहकले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएमवान मोडेलमा ८० प्रतिशत सम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । यस योजनामा माउन्टेन ईभीको लागिने.रू. ९.९९ लाख र टीएमवानको लागिने.रू.५.९९ लाखसम्मको डाउनपेमेन्ट पनि समावेश छ । जसले विद्युतीय सवारी साधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने छ ।
यसकासाथै, ग्राहकले आर्थिकवर्ष २०८१/८२ को लागि एक वर्षको निःशुल्क बीमा र सडक करमा छुट सहितका विस्तृत सुविधाको आनन्द लिन सक्नेछन् । घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि निःशुल्क पाउनेछन् । यसमाथि अझै मूल्य थप्न यो योजनाले निःशुल्क सामानका साथै ग्राहकले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप–अपबेस्ट भ्यालुएसन बोनस पनि समेट्छ ।
यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवद्र्धन गर्ने र आफ्ना ग्राहकलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारी साधनलाई अझपहुँचयोग्य र किफायती बनाउने लक्ष्य राखेको छ । यो सीमित–समयको अफर माघ १ गतेदेखि ३० गतेसम्म उपलब्ध हुनेछ । त्यसैले ग्राहकलाई थप जानकारी र यो रोमाञ्चक अवसरको फाइदा लिन आफ्नो नजिकको एमएडब्लु वृद्धिको डिलरमा सम्पर्क गर्न प्रोत्साहित गरिन्छ ।
फोटोन नेपाल र एमएडब्लु वृद्धि समूहको बारेमाः
एमएडब्लु वृद्धि अन्तर्गत सञ्चालित फोटोन नेपाल एमएडब्लु समूह र वृद्धि समूह बीचको साझेदारी हो, जसले नेपालमा सन् २०१४ देखि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डको प्रतिनिधित्व गर्दै आएको छ । व्यावसायिक र विद्युतीय सवारी साधनमा विशेषज्ञता हासिल गर्दै एमएडब्लु वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता ब्रान्डको प्रतिनिधित्व गर्दै भरपर्दो स्टक, पाटपुर्जाको सहज उपलब्धता र गुणस्तरीय सेवा सुनिश्चित गर्दछ ।
Comments are closed.