काठमाडौं । स्पीड फेस्ट २०२५ हुने भएको छ । यही शनिबार एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन लागेको स्पीड फेस्टमा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुनेछ ।
स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलको विशेष सहभागिता रहनेछ । यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइक प्रेमीहरू माझ लोकप्रिय छन् ।
यस इभेन्टले मोटरसाइकल उत्साहीहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेमा आयोजकहरु विश्वस्त रहेका छन् । स्पीड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने आयोजकले बताएका छन् । जसमा हजारौं मोटरसाइकलप्रेमी र उद्योगी व्यवसायीको सहभागिता रहनेछ ।
कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक ¥याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन तथा नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत समावेश रहेको छ । स्पीड फेस्ट २०२५ ले नेपालका मोटरसाइकल उत्साहीलाई रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
Comments are closed.