‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’ को दोस्रो ब्रान्च बनस्थलीमा

काठमाडौं । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको उद्घाटन गरिएको छ । टेलिश्रृङ्खला सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले बनस्थलीस्थित चमती चोकमा रहेको बि स्टारमा रिबन काटेर सलुन उद्घाटन गरेका हुन् ।

लामो समय देखि टेलिफिल्म, म्युजिक भिडियो तथा फिल्ममा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आइरहेका मेकअप आर्टिष्ट विक्रम गौतमले यस अघि कपनमा बि स्टार सलुनको सुरुवात गरेका थिए । बनस्थलीमा सुरु गरिएको दोस्रो ब्रान्चमा उद्घाटनको दिन निःशुल्क कपाल काट्ने व्यवस्था गरिएको थियो । उद्घाटन पश्चात् कलाकार बलेले बेला बखत कपाल दारी मिलाउन आफू कपनमा रहेको बि स्टारमा जाने गरेको बताए ।

पुरुषोत्तम आचार्यले युवा व्यवसायी विक्रमले सलुन खोलेर आफ्नै भाई बुहारीलाई रोजगारी सिर्जना गरेको भन्दै शुभकामना व्यक्त गरे । विक्रम गौतमले ‘सक्किगोनी’ सिरियल तथा आगामी फागुन १४ गते रिलिज हुने चलचित्र ‘लाज शरणम्’ मा मेकअप आर्टिष्टको रुपमा काम गरेका छन् ।

You might also like

Comments are closed.