काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशन बागबजारले युकेमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि एउटा सुनौलो अवसर ल्याएको छ । इन्लाइटनले आगामी फेब्रुअरी १९ मा युनिभर्सिटी अफ सन्डरल्यान्ड, युकेको अप्रिल इन्टेकका लागि विशेष इन–हाउस सूचना सत्र आयोजना गर्ने घोषणा गरेको हो । सो अवसरमा विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने मौका पाउनेछन् ।
सूचना सत्रमा सहभागी विद्यार्थीले ५ हजार पाउण्डसम्म छात्रवृत्ति अवसर पाउनेछन् भने प्री–क्यास अन्तर्वार्ता बिना नै आवेदन प्रक्रिया, योग्य विद्यार्थीका लागि अंग्रेजी भाषा छुट पनि पाउनेछन् । गार्जियन युनिभर्सिटी गाइड २०२५ का अनुसार युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको शीर्ष ४० विश्वविद्यालयमध्ये एक हो । साथै क्यूएस वल्र्ड युनिभर्सिटी र्याङ्किङ २०२५ अनुसार अन्तर्राष्ट्रिय विद्यार्थी विविधतामा विश्वकै दोस्रो स्थानमा पर्दछ ।
कार्यक्रम बागबजारस्थित इन्लाइटनकै कार्यालयमा बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्जालन हुनेछ । इन्लाइटनले विद्यार्थीलाई युकेको गुणस्तरीय शिक्षा प्रणाली, छात्रवृत्तिको सम्भावना र अध्ययन प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने लक्ष्य राखेको छ । साढे एक दशकदेखि विदेश बढ्न जाने विद्यार्थीलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विदेश पढ्न जान चाहने विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ ।
यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ । सूचना सत्रमा भाग लिन इच्छुक विद्यार्थीले https://forms.gle/1UvHUu6Q3zYpdrL99 मार्फत निःशुल्क दर्ता गर्न सकिनेछ ।
Comments are closed.