पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनले पोखरामा ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ को आयोजना गर्ने भएको छ । आउँदो चैत १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेलकुद मैदानमा ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ हुनेछ । वृहत अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई दिएर अमरसिंह माध्यमिक विद्यालय सहयोगी संस्था बनेका छन् ।
प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि, अफिसियल इन्स्योरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनरमा स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस (मनिपाल हस्पिटल), इन्सुरेन्स पार्टनरमा नेपाल इन्सुरेन्स जस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरिरहेको छ ।
नविनतम् सवारी साधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बत्र सक्ने आयोजकको विश्वास छ ।
राष्ट्रिय महत्वका आयोजनाहरू तथा स्थानीय विकासका कार्यक्रमहरू सवारी साधन बिना कल्पना मात्र पनि गर्न नसकिने अवस्था छ भने सर्वसाधारणको दैनिक जीवनलाई सहज एवं चलायमान बनाउनको लागि पनि सवारी साधन अत्यावश्यक वस्तुको रुपमा स्थापित भइसकेको छ । यस सन्दर्भमा प्रदर्शनीले बजारको मागलाई चित्रण गर्दै सवारी साधनको अपरिहार्यताबारे धारणा बनाउन तथा त्यसअनुरूप नितिगत अग्रसरता लागि पनि सहयोग गर्नेछ ।
प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाका २० वटा स्टलहरू रहने छन् भने प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ । पोखरा लायन्स क्लबको सहयोगमा चैत १५ गते प्रदर्शनी परिसरभित्र रक्तदान कार्यक्रम समेत सञ्चालन हुनेछ ।
गण्डकी प्रदेशमा पहिलो पल्ट हुन गइरहेको यस प्रदर्शनीमा TOYOTA, OMODA, ATHER, BAJAJ, BYD, CITROEN, DEEPAL, DONG FENG, HIGER, HYUNDAI, ISUZU, JAECOO, KAIYI, KAMA, KIA, LEAP MOTORS, LEV, MAHINDRA, MG, NAAMI, NEW GONOW, NISSAN, RIDDARA, ZEEKR, XPENG, ROYALENFIELD, SKYWELL, SKYWORTH, SUZUKI, TATA, TRIUMPH, TVS, YAMAHA, जस्ता प्रख्यात ब्राण्डका सवारी साधनको सहभागिता रहनेछ ।
प्रदर्शनीको व्यापक प्रचार–प्रसारका लागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन, गण्डकी प्रदेश अटोमोबाइल संघ, एनवाइईएफ पोखरा र जोन्टा क्लव अफ पोखराको संयुक्त आयोजनामा चैत्र ९ गते शनिवार विहान ८ बजे पोखरा रंगशालाबाट शुरु भई अमरसिंह मैदानमा सम्पन्न हुने गरी मोटर ¥याली पनि आयोजना गर्न लागिएको छ ।
बन्दिपुर केवुलकार एण्ड टुरिजम लिमिटेडले डोर प्राइज स्पन्सर अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने भएको छ । प्रदर्शनी अवलोकन गर्न आउनेले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । PUIRO WATER DRINKING PARTNER को रुपमा रहेको छ । चार दिनसम्म चल्ने अटो शोलाई ३५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास लिइएको वाडा उपाध्यक्ष एवं वाडा अटो शो २०२५ संयोजक निरन केसीले जानकारी दिए ।
Comments are closed.