सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु ३ हजार ९०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु १ लाख ८१ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु १ लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला रु १ हजार ९०० मा कारोबार भएको चाँदी आज रु ५ ले बढेर रु १ हजार ९०५ पुगेको छ ।

You might also like

Comments are closed.