स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रम

काठमाडौं । फुजिमा आयल कम्पनी लिमिटेडले स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीले स्तन क्यान्सर सम्बन्धी सचेतना तथा  Screnning कार्यक्रम गरेको हो ।

कम्पनीका बजार व्यवस्थापक नवीन बस्नेतले फुजिमा आयल कम्पनीको कार्यक्रमका सन्दर्भमा जानकारी गराएका छन् । मणिपाल शिक्षण अस्पतालका बरिष्ठ anchrologist  doctor शिवा श्रेष्ठले स्तन तथा पाठेघरको मुखको क्यान्सरको सम्बन्धी सहजिकरण गरेकी हुन् ।

नेपाल मणिपाल शिक्षण अस्पतालमा शुक्रबार करीब एक सय अटोमोबाइल्ससंग आबद्ध रिटेलर टिफ मेकानिक परीवारका महिला सदस्य कार्यक्रममा सहभागी थिए । नेपाल अटो मेकानिक व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गराएर स्वस्थ रहन अनुरोध गरेका छन् ।

 

You might also like

Comments are closed.