निःशुल्क दन्त स्वास्थ्य शिविरबाट १२० जनाले लिए सेवा

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले ३५ औं स्थापना दिवसको अवसरमा निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गरेको छ । संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा शिविर सञ्चालन भएको हो ।

ओम समाज डेन्टल हस्पिटलको सहकार्य भएको शिविरमा लगभग १२० जनाले दन्त स्वास्थ्य जाँच गराएका छन् । शिविरमा ओम समाज डेन्टल हस्पिटलका दन्त विशेषज्ञका साथै प्राबिधिक टोलीको सहभागी रहेको थियो ।

नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष इ. प्रमोद खतिवडाको अध्यक्षतामा शिविर सम्पन्न भएको हो ।

You might also like

Comments are closed.