सम्पदा लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर–५, तनहुँमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ ।

साधारण सभामा ५६.१९ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो । राष्ट्रिय स्तर कार्यक्षेत्र भई ४४ जिल्लामा कार्यक्रम विस्तार गरेको सम्पदा लघुवित्तको चुक्ता पुँजी ७० करोड ०८ लाख ५८ हजार ३४५ रुपैयाँ रहेको छ । वित्तीय संस्थाको साधारण सभाले पारित गरेकोे वित्तीय विवरण अनुसार पुँजीकोष ८.१५, खराब कर्जा ४.८०, इपिएस १० रुपैँया ४८ पैसा, खुद नाफा ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको सम्पदा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले जानकारी गराए ।
१५५ शाखा रहेको सम्पदा लघुवित्तमा १ लाख ७७ हजार ९०२ जना सदस्य रहेका छन् भने ७६ हजार ९२० ऋणी रहेको प्रमुख कार्यकारी

अधिकृत पौडेलले साधारण सभामा जानकारी गराएका छन् । सो साधारण सभाबाट संस्थापक (प्रोमोटर डाइरेक्टर) मा अर्जुन कुमार सिं, हरिप्रसाद डुम्रे, जिब मूर्ती पन्त, प्रदिप सिग्देल शर्मा निर्वाचित भएको छ । यस्तै सर्वसाधारणका तर्फबाट भेषराज रोकाया र बिनोद तमाङ्ग चयन भएका छन् ।

साधारण सभामा सेयर सदस्यले राखेको जिज्ञासाका बारेमा संस्थाका अध्यक्ष कृष्णबहादुर थापा तथा कम्पनी सचिव पवनकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले सहजिकरण गरेका छन् । कार्यक्रममा बन्दीपुर गाउँपालिकाको अध्यक्ष, शेयर सदस्य, पूर्व सञ्चालक समितिले आफ्ना धारणा राखेका छन् ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको सभाले आ.व. २०८१/२०८२ को लागि लेखा परिक्षकमा बि.पि. एसोशिएटस् एण्ड चार्डड एकाउन्टेन्टस्लाई न्युक्त गरेको छ भने अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्नको लागि नयाँ बनेको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।

You might also like

Comments are closed.