लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको बजेटको आकार घट्ने भएको छ । आगामी आर्थिक वर्षमा ल्याउने बजेटको आकार विगतको भन्दा घटेर आउने जनाइएको छ ।
चालु आव २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याएको प्रदेशले आगामी वर्ष २० प्रतिशतसम्म घटाएर बजेट ल्याउने विषयमा गृहकार्य सुरु गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ३० देखि ३३ अर्बभन्दा माथि बजेट नबढाउने गरी नयाँ बजेट बनाउन आर्थिक योजना मन्त्रालय र प्रदेश योजना आयोगलाई निर्देशन दिइसकेका छन् ।
सङ्घीय सरकारले आगामी आवमा बजेटको सिलिङ घटाउन भनेपछि त्यसलाई ख्याल गरी बजेट लेखनपूर्व नै मुख्यमन्त्री आचार्यले कार्यान्वयनमा समस्या नपर्ने बजेट निर्माण गर्न निर्देशन दिएका हुन् । कम्तीमा ३० अर्ब र बढीमा ३३ अर्बभन्दा माथिको बजेट नआउने गरी प्रदेशमा बजेटको तयारी गर्ने आर्थिक योजना मन्त्रालयको योजना छ ।
Comments are closed.