युएनपार्कमा जुत्ता चप्पल मेला सुरु

ललितपुर । ललिलपुरको युएनपार्कस्थित ज्वागलमा जुत्ता, चप्पल मेला सुरु भएको छ । ललितपुर नगरपालिका वडा नं. १० को कार्यालय अगाडिको पार्किङ क्षेत्रमा मेला आयोजना गरिएको हो ।

‘बिएफ डियरहिल सुज’को २५औं वार्षिकोत्सवको अवसरमा मेला आयोजना गरिएको कम्पनीका सञ्चालक होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा बिएफ डियरहिलसँगै सुल्याण्ड कम्पनीका जुत्ता चप्पल पनि बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

मेलामा स्पोट्र्स, रनिङ, बच्चाका, लेडिजका सुज उपलब्ध छन् । साथै स्कुल तथा कलेज लगायत विभिन्न ब्राण्डका जुत्ता, चप्पल सुपथ मूल्यमा उपलब्ध रहेको उपाध्यायले जानकारी दिए ।

मेला आउँदो जेठ १७ गतेसम्म सञ्चालन हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसारका जुत्ता चप्पल मेलामा खरिद गर्न सक्ने उपाध्यायले बताए ।

You might also like

Comments are closed.