पोतेमाला तथा चुरा बनाउने तालिम सम्पन्न

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा पोतेमाला तथा चुरा बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकाले महिलालाई १३ दिने पोतेमाला तथा चुरा बनाउने तालिम प्रदान गरेको हो ।

तालिम समापन गर्दै नगर उपप्रमुख बालकुमारी थापाले महिलाका लागि अति आवश्यक वस्तुको उत्पादन नगरपालिकाभित्रै गरी आत्मनिर्भर बनाउनुपर्ने बताउँदै यसले समृद्ध नगरपालिकासंगै महिलाको आयआर्जनमा वृद्धि हुने जनाइन् । साथै श्रृङ्गारको रुपमा प्रयोग हुने चुरा पोतेमाला औँठी यहीँ उत्पादन गर्न आवश्यक रहेको र तालिममा सिकेका सीपबाट उत्पादित बस्तुको बजारीकरण नगरपालिकाले गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

महिलाले उत्पादन नगरपालिकाले गरिद गरेर उपप्रमुख कोशेली घरमार्फत बिक्री वितरण गरी उपभोक्ताको हातमा पु¥याउने जनाउँदै दैनिक जिवनमा आवश्यक पर्ने बस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सीपका आयमूलक तालिम सञ्चालन गर्दै आएको उनले उल्लेख गरिन् ।

वडा नं.५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले तालिममा सिकेका सीपको माध्यमबाट उद्यमी बन्न आग्रह गर्दै गुणस्तरीय र बाह्य वस्तुसंग प्रतिष्पर्धा गर्न सक्ने सामग्री उत्पादन गर्नु पर्नेमा जोड दिए । वडा नं.३ का वडाध्यक्ष दामोदर पाठकले आत्मनिर्भर बन्नका लागि तालिममा सिकेका सीप महत्वपूर्ण हुने बताए । आर्थिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले आर्थिक समृद्धि र जिविकोपार्जनका लागि सिपमूलक तालिम महत्वपूर्ण रहेको भन्दै तालिममा सिकेका सिपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरिन् ।

महिलाको सीपमूलक तालिम कार्यक्रम सञ्चालक समितिका अध्यक्ष सावित्रा गैरेले आगामी दिनमा महिलालाई आयआर्जनको माध्यमबाट आत्मनिर्भर हुने खालका कार्यक्रम सञ्चालन गर्ने भन्दै तालिमको औचित्य पुरा गर्नका लागि सबै व्यवसायी बन्न आग्रह गरेकीछिन् । कार्यक्रममा सहभागीको तर्फबाट हुमादेवी जिटी, ओमकला कुमाल, शोभा खनाल, विष्णु सुनार र सुकमाया श्रेष्ठले बोल्दै तालिममा सिकेका सीपले व्यवसायको माध्यमबाट आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाको सभाहलमा भएको समापन कार्यक्रम समितिका अध्यक्ष सावित्रा गैरेको अध्यक्षता भएको हो भने समितिका उपाध्यक्ष लक्ष्मी ढकालको स्वागत, सचिव इश्वरी खनालले धन्यवाद र महिला बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा सम्पन्न भएको हो । तालिमको सहजीकरण सजना नकर्मी र कृपा नकर्मीले गरेका हुन् । तालिममा नगरपालिका भित्रका १० वटै वडाका ३८ जना सहभागी थिए ।

You might also like

Comments are closed.