सङ्गित पाठशाला सञ्चालन सहयोगार्थ श्रीमद् भागवत महायज्ञ तथा शिव पुराण श्रावणी महोत्सव हुँदै

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका–६ पूर्वटारमा सङ्गित पाठशाला सञ्चालन सहयोगार्थ श्रीमद् भागवत महायज्ञ तथा शिव पुराण श्रावणी महोत्सव हुने भएको छ । रामपुर भजन किर्तन मण्डली प्राङ्गणमा शनिबार बसेको सरोकारवालाको भेलाले आगामी श्रावण १२ देखि ३१ गतेसम्म महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो ।

रामपुर भजन किर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालको अध्यक्षतामा भएको भेलामा नगर भित्रका सरोकारवाला, बुद्धिजीवीहरुको सहभागी भेलाले कृष्णप्रसाद अर्यालको अध्यक्षतामा १०१ सदस्यीय महोत्सव मूल आयोजक समिति चयन गरेको छ । भेलाले समिति उपाध्यक्षमा केशवराज पोखरेल, लक्ष्मी ढकाल, सचिवमा पुरुषोत्तम ढकाल, लेखनाथ शर्मा मरासिनी, सहसचिवमा पार्वती न्यौपाने र कोषाध्यक्षमा दुर्गादेवी आचार्यलाई चयन गरेको छ ।

विभिन्न उपसमिति बनाइएको छ । धार्मिक महोत्सवको लागि देवराज ढकालको संयोजकत्वमा सल्लाहकार समिति, हरिप्रसाद खनालको संयोजकत्वमा यज्ञ व्यवस्थापन उपसमिति, रामप्रसाद भट्टराईको संयोजकत्वमा भान्सा व्यवस्थापन उप–समिति, कृष्णप्रसाद वाग्लेको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, लेखनाथ शर्मा मरासिनीको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, श्रीकुमार पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति बनाइएको छ ।
कमल ढकालको संयोजकत्वमा सांस्कृतिक तथा कलाकार व्यवस्थापन, विष्णु सुनार संयोजकत्वमा मञ्च व्यवस्थापन, सुदनप्रकाश रेग्मीको

संयोजकत्वमा प्रसादी वितरण, तोयानाथ ढकालको संयोजकत्वमा पुजापाठ व्यवस्थापन, बृहस्पति अर्यालको संयोजकत्वमा खानेपानी व्यवस्थापन, शिवप्रसाद भट्टराई संयोजकत्वमा सरसफाई उपसमिति तथा रामप्रसाद ढकालको संयोजकत्वमा कार्यक्रम सञ्चालन उपसमिति चयन गरिएको छ ।

रामपुर भजन किर्तन मण्डलीका अध्यक्ष ढकालले मौलिक बाजाको संरक्षणसँगै नयाँ पुस्तालाई बाजाको विषयमा प्रशिक्षण तथा आवश्यक सङ्गित कक्षा सञ्चालनको लागि सङ्गित पाठशाला स्थापनार्थ महायज्ञ सञ्चालन गर्न लागिएको बताए । रामपुर नगरपालिकाबाट निर्माण भएको मन्दिर र अन्य थप संरचना निर्माणसँगै पाल्पामै पहिलो पटक सङ्गित पाठशाला स्थापनार्थ आर्थिक सहयोग जुटाउने लक्ष्य रहेको अध्यक्ष ढकाल बताउँछन् ।

कार्यक्रममा पण्डित नेत्रप्रसाद पराजुलीले श्रावण महिना आफैमा भगवान शिवको आरधाना गर्ने महिना भएको बताउँदै श्रीमद् भागवत महायज्ञ तथा शिव पुराण प्रवचन तथा रुद्री, हवन लगाएतका विविध धामिक कार्य हुने बताए । सल्लाहकार लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा कार्यक्रम भएको हो ।

यज्ञमा पण्डित नारायणप्रसाद पराजुलीले कथा प्रवचन गर्ने जानकारी दिइएको छ । भेलामा रामपुर भजन किर्तन मण्डलीका सल्लाहकार देवराज ढकाल, ब्राह्मण समाज नेपालका नगर अध्यक्ष हरिप्रसाद खनाल लगायतले बोल्दै यज्ञ सम्पन्न गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताए ।

You might also like

Comments are closed.

Secret Link