रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले ८७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । चालु आर्थिक वर्ष ०८१/८२ मा नगरपालिकाले चालु र पुँजीगत दुवै गरी ८७ प्रतिशत वित्तिय प्रगती हासिल गरेको हो ।
चालु आर्थिक वर्षमा रामपुर नगरपालिकाले कुल ७४ करोड ११ लाख ४ हजार बजेट विनियोजन गरेको थियो । जसमा ६४ करोड ७१ लाख ४ हजार ५ सय ७४ रुपैयाँ खर्च भएको छ । कुल बजेटको ८७ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले बनाए ।
त्यसैगरी चालु आर्थिक वर्षमा पूँजीगततर्फ १९ करोड १९ लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १५ करोड १६ लाख ३४ हजार ५ सय ७४ रुपैया खर्च भएको छ । पूँजीगततर्फ यो खर्च रकम ७९ दशमलव ०१ प्रतिशत हो ।
त्यसैगरी चालु बजेटतर्फ नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६.४८ रुपैयाँ खर्च भएको छ । चालुतर्फ यो आर्थिक वर्षमा नगरपालिकाको वित्तीय प्रगती ९० दशमलव २२ प्रतिशत हो ।
गत आव०८०/०८१ मा ८१ प्रतिशत वित्तीय प्रगति गरेको नगरपालिकाले यस आर्थिक वर्षमा ६.३१ प्रतिशतले बढि वित्तीय प्रगति भएको लेखा शाखा प्रमुख सीता न्यौपानेले जानकारी दिइन् । गत आर्थिक वर्षमा ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो ।
Comments are closed.