रसुवा बाढीपहिरोको क्षतिबाट ९८ करोडभन्दा बढीको बीमा दाबी

काठमाडौं ।  गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा दाबी परेको छ ।

प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा ५५ करोड रुपैयाँ, शिखर इन्स्यारेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार रुपैयाँ, नेपाल इन्स्यारेन्स कम्पनी आठ करोड ७३ लाख रुपैयाँतथा सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँबराबरको बीमा दाबी भएको छ ।

प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स पाँच करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर ३१ लाख रुपैयाँर प्रभु इन्स्योरेन्स २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।

You might also like

Comments are closed.

Secret Link