काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३१.२ प्रतिशतले बढेको हो । यसले गएको एक वर्षमा विदेशी मुद्रा सञ्चिति ६ खर्ब ३६ अर्ब ५८ करोडले थपिएको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
गत असार मसान्तमा अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड पुगेको छ । अघिल्लो असारको तुलनामा यो २७.७ प्रतिशतले बढेको थियो । ०८१ असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ अर्ब २७ करोड रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि कम्तिमा ७ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।
Comments are closed.