मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले ३ दिनको अवधीमा ९ करोड बढीको राजस्व सङ्कलन गर्न सफल भएको छ । ३ दिन अघि सञ्चालनमा आएको यस भन्सार कार्यालयले रु ९ करोड ७० लाख ६४ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
गत सोमबारदेखि नेपाल–चीन उत्तरी कोरला नाका सुचारु गर्न मुस्ताङ भन्सार कार्यालय सञ्चालनमा आएको हो । चीनतर्फ भन्सार जाँच पास गरी कोरला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँच पासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।
उनका अनुसार चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँच पास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँच पास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँच पास हुन बाँकी रहेको छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँच पास हुन बाँकी रहेको छ ।
चिनियाँ भन्सारबाट जाँच पास भई मुस्ताङ भन्सारमा जाँच पासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँच पास भइसकेको उनले बताए । यहाँबाट जाँच पास भइसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व सङ्कलन भएको हो ।
Comments are closed.