काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनको मूल्य २ लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सोमबार चाँदी तोलाको २ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.