अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास गरिदै

काठमाडौं । अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउने प्रयास भइरहेको छ । लगातारको पहिरोले तुइनखोलामा अस्तिदेखि बन्द सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको ।

ठूलो पहिरो र ठाउँ साघुरो भएकाले धेरै मेसिन एकैपटक प्रयोग गर्न नसक्दा समस्या भएको कार्यालयले जनाएको छ । तुइनखोलामा पटकपटक पहिरो खस्ने गरेका कारण दशैँमा घर हिँडेका यात्रुलाई सास्ती भएको छ । वैकल्पिक सडक प्रयोग गर्न चितवन प्रहरीको आग्रह गर्दै आएको छ ।

यो सडकखण्डको विकल्पमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ ।

You might also like

Comments are closed.