दसैँ बिदामा पनि नेपाल टेलिकमका काउन्टर खुला रहने

काठमाडौं । दसैँ बिदामा नेपाल टेलिकमका काउन्टर खुलै रहने भएका छन् । नेपाल टेलिकमका अनुसार सुनधारास्थित काउन्टर १३, १४, १५, १७ र १८ असोजमा खुला रहनेछ ।

गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौँडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र मन्थलीस्थित असोज १३, १५ र १७ गते खुला रहने छन् ।

चरिकोटस्थित काउन्टर १३ र १४ असोजका दिन खुला रहने टेलिकमले जनाएको छ । मर्मत सम्भार र जडान सम्बन्धी काम भने दसैँ र तिहार बिदाको समयमा समेत नियमित चल्ने टेलिकमले जानकारी दिएको छ ।

खुला रहेको काउन्टरबाट टेलिफोन, मोबाइल तथा इन्टरनेट भुक्तानी, सिम वितरण तथा परिवर्तनका काम हुनेछन् ।

You might also like

Comments are closed.