बागलुङमा आलु उत्पादनबाट भित्रियो १ अर्ब ९४ करोड ६० लाख

बागलुङ । बागलुङ जिल्लामा आलु उत्पादनबाट राम्रो आम्दानी भित्रिएको छ । यसवर्ष १ अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ ।

किसानले आलु बिक्रीबाट राम्रो आयआर्जन गरेका छन् । आम्दानी हात परेपछि किसान उत्साहित छन् । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् ।

हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ ।

यस वर्ष दुई हजार ८६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ५५ हजार ६०० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.