बाढीले झापामा ५ करोडको धान नष्ट

झापा । बाढीले झापामा धानबाली नराम्रो असर गरेको छ ।

धान उत्पादनको मुख्य जिल्ला रहेको झापमा गत असोज १८ देखि २० गतेसम्म परेको अबिरल वर्षाले धानबालीमा ठूलो नोक्सानी पुगेको छ ।

बाढीका कारण ४६३ दशमलव ४२ हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट भएको छ ।

कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु ५ करोड ७५ लाख २३ हजार बराबरको १ हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए ।

You might also like

Comments are closed.