काठमाडौं । अलैँचीको निर्यात बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा रु १ अर्ब ६७ करोड ९२ लाख बराबरको अलैँची निर्यात भएको छ । यहाँ उत्पादित अलैँची भारतमा निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १०७२.२० मेट्रिक टन अलैँची निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा रु १ अर्ब २६ करोड २१ लाख बराबरको ७८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो वर्ष भन्दा चालु वर्षमा ३६.७० प्रतिशतले निर्यात परिमाण बढी रहेको विभ(ागले जनाएको छ । खोल्साको सुन भनेर चिनिने अलैँची किसानको आयस्रोतको बलियो माध्यम हो । भिरालो जमिनमा अलैँची खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ ।








Comments are closed.