पाल्पा । अकबरे खुर्सानी बिक्री गरेर पाल्पाका किसानले राम्रो आयआर्जन गरेका छन् । किसानले हिजोआज व्यावसायिक रुपमा अकबरे खुर्सानी खेतीमा जोड दिएका छन् ।
जिल्लाको रिब्दीकोट गाउँपालिका फेकका किसान जितबहादुर छहरीले खुुर्सानी खेतीबाट राम्रो कमाई गर्न सफल भएका छन् । यस पटकको चाडपर्वमा उनले खुर्सानी बेचेर राम्रो आम्दानी गरेका छन् । खुर्सानी बिक्रीबाट दशैँ तिहार चाडपर्व मनाउन आर्थिक कठिनाइ नपरेको उनी बताउँछन् । दशैँ अघि नै रु ४ लाख बराबरको आम्दानी गरेको उनले जनाए ।
खुर्सानीको आम्दानीले चाडपर्व मनाउन सजिलो भएको अर्का कृषक सीता खाम्चा बताउँछिन् । आयस्रोत नहुँदा चाडपर्वमा निकै पिरोल्ने गरेको बताउँदै खाम्चाले अहिले त्यो समस्या नरहेको बताइन् । यहाँका अन्य किसानले पनि अकबरे खुर्सानीलाई व्यावसायीकरण गदै लगेका छन् । अकबरे खुर्सानी लगाउन थालेपछि आयस्रोत राम्रै भित्रिएको छ ।
खुर्सानी खेती किसानका लागि आयआर्जनको बलियो बनेको उनीहरु बताउँछन् । अन्य बालीनालीको तुलनामा खुर्सानीबाट धेरै फाइदा हुने, बजार भाउँ राम्रो, बिक्रीका लागि सहज भएपछि किसानले व्यावसायिकतामा जोड दिएका हुन् ।








Comments are closed.