वर्षाले धानबाली नोक्सान, लुम्बिनीमा १५ हजार ७५५ हेक्टरमा क्षति

काठमाडौं । वर्षाले धानबालीमा नराम्रो असर गरेको छ । धान काटेर घरमा थन्क्याउने बेला लगातार परेको अबिरल वर्षाले ठूलो क्षति पुर्याएको छ ।

बेमौसमी वर्षाले लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा करिब १५ हजार ७५५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा नोक्सान पुगेको लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप तिवारीले जानकारी दिए ।

खेतमा काटेर राखेको धान पानीले भिजेको छ । पाकेको धान स्याहार्ने बेलामा परेको वर्षाले असर गरेपछि किसान चिन्तित बनेका छन् । वर्ष दिनभर खाने खेती घरमा थन्क्याउने बेला पानीले भिजेर ठूलो नोक्सान पुगेको किसान बताउँछन् ।

मेहनत गरेर लगाएको बाली स्याहार्न नपाउँदा वर्ष दिन कसरी गुजारा चलाउने भन्नेमा किसान पिरोलिएका छन् ।

You might also like

Comments are closed.