काठमाडौं । समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको अध्यक्षमा प्रकाश पाण्डे चयन भएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ आवद्ध समाजवादी शैक्षिक परामर्श व्यवसायी मंचमा अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा ५१ सदस्यीय कमिटी तथा उद्योग व्यवसाय बिशेष जिल्ला कमिटी अन्तर्गत शैक्षिक परामर्श ईलाका कमिटीमा नारायण देबकोटाको अध्यक्षता २१ सदस्यीय र शैक्षिक परामर्श शाखा कमिटीमा आशिक कार्कीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको संगठन समाजबादी शैक्षिक परामर्श ब्यबसायी मञ्चको भेला कार्यक्रम संयोजक राजेन्द्र बरालको अध्यक्षतामा र पुर्ब प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)पार्टी अध्यक्ष आदरणीय माधब कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अध्यक्ष नेपालले नेपालमा आमूल परिवर्तन ल्याउन र गणतन्त्रलाई स्थापित गरि लोकतान्त्रिक सुशासनलाई संस्थागत गर्दै भ्रष्टाचार रहित समाजको निर्माण केवल समाजबादीले मात्रै गर्न सक्ने बताए । नेपालमा जनताको लोकतान्त्रिक प्रणाली बचाउन आफ्नो राजनीतिक जीवन हत्केलामा राखी बिद्रोह गरि नयाँ पार्टी निर्माण गर्नुपरेकोले उक्त पार्टीमा आबद्ध भै एक पटक देश निर्माणमा आउन सबैमाझ उद्घोष गरे ।
पुर्वमन्त्री मुकुन्द न्यौपाने ले नीति भन्दा ब्यक्ति ठूलो होइन । के पि वलि जेल बसेर क्रान्ति गरे भन्दा नि मार्क्सवादीको अध्ययन र चिन्तन गरेर पार्टी अगाडि बढाउन सुझाव दिए।
नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष तथा बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे ले शैक्षिक परामर्श क्षेत्र लाई ब्यबस्थित गर्न प्रदेश सरकार सचेत रहेको जानकारी गराए। यो पेशालाई मर्यादित र पारदर्शी बनाउन सरकार सहकार्य गर्न तयार रहेको र आवश्यक निति निर्माण मा अगाडि बढ्ने र यस क्षेत्रमा बिदेशी लगानी आवश्यक नरहेको बताए ।
अतिथिमा नेपाल राष्ट्रिय उद्योग ब्यबसायी महासंघ उपाध्यक्ष द्वय मदन कुमार आचार्य र हरीकृष्ण ठकुरी को उपस्थित रहेको थियो । कार्यक्रम संचालक केन्द्रिय शिक्षा बिभाग सदस्य तथा उद्योग ब्यबसाय बिशेष जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश पाण्डेले गरेका थिए भने स्वागत तनहुँ काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष तथा तनहुँ जिल्ला कमिटिका सदस्य श्रीराम पौडेलले गरेका थिए ।
Comments are closed.