इथियोपियाका दुई करोडभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो

काठमाडौं । इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्टसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसंघीय एजेन्सी, ओचाले दुई करोडभन्दा बढी इथियोपियालीलाई मानवीय सहायताको खाँचो रहेको पाइएको बताएको हो ।

सन् २०२२ मा यी इथियोपियालीलाई उक्त सहयोग आवश्यक रहेको पनि बताइएको छ। प्राप्त समाचारअनुसार यसरी सहायताको आवश्यकता परेका मानिसहरुमध्ये कम्तीमा दुई तिहाई जति महिला तथा बालबालिका रहेका छन् ।

jutta mela

सन् २०२१ मा इथियोपियाको मानवीय अवस्था निकै खस्किँदो रहेकाले मानवीय सहायताको खाँचो यस वर्ष झन् धेरैलाई परेको सो एजेन्सीले बताएको छ ।

यहाँ आन्तरिक द्वन्द्व, खडेरी तथा कतै बाढी पहिरोका कारण यहाँका नागरिकमा मानवीय सहायताको खाँचो बढ्दै गएको पाइएको ओचाले जनाएको छ । केही वर्षदेखि यहाँ आन्तरिक द्वन्द्व जारी रहेको छ ।

त्यस्तै खडेरी आदिका कारण पनि यहाँ खेती उब्जनीमा समस्या परेको छ । जसका कारण मानवीय सहायताको खाँचो झन् बढ्दै गएको पाइएको समाचारमा जनाइएको छ ।

You might also like

Comments are closed.