कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतबार

काठमाडौं । सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई सारेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आज सुनुवाइका लागि समय अपुग भएपछि आगामी आइतबारका लागि निर्णय सुनाउने मिति तय भएको हो ।

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।

You might also like

Comments are closed.