लेखनाथ उद्योग वाणिज्य संघद्वारा ट्रार्फिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार सम्पन्न कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा जिल्ला ट्रफिक प्रहरी कार्यालय , डाँडाकोनाक ट्रफिक प्रहरी पोष्ट , पावरहाउस ट्रफिक प्रहरी पोष्ट, बेलचौतारा ट्राफिक प्रहरी पोष्ट र लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथमा हार्डवयर एशोसियसन, अधिकृत थोक तथा खुद्रा व्यवसायी संघ लेखनाथ, लेखनाथ फेब्रिकेट्स एशोसियसनलगायतका व्यवसायीहरुले बोलेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हार्डवयर, थोक विक्रेता र फेव्रिकेट्ससँग सम्बन्धित विभिन्न व्यवसायीहरुले आफुहरुले भोग्नु परेका ट्राफिक सम्बन्धी समस्याहरुका बारेमा बोलेका थिए ।

सो सम्बन्धी जिज्ञासाहरुका बारेमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका प्रहरी उपरिक्षक गोविन्द अधिकारी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्र.नि.प्रकाश शाहले ट्राफिक प्रहरीले नेपाल सरकारबाट बनेका नियम कानुनलाई व्यावहारिकरुपमा कार्यान्वयनमा लैजाने, समग्र जनमानसको सुरक्षासँग सम्बन्धित जवाफदेहिता र दुर्घटना न्युनिकरणका लागि कार्य गर्नुपर्ने भएकाले सबैलाई ट्राफिक प्रहरी समस्या जस्तो देखिएता पनि ट्राफिक समस्याहरु सबैका समस्याहरु हुन भन्ने कुरामा जोड दिए ।

jutta mela

साथै उनले नीतिगत व्यवस्थापन प्रकृयामा रहेका विषयहरुको बारेमा संयुक्तरुपमा गइ नीतिगतरुपमा नै ऐन बनाउन सम्बन्धित मन्त्रालयमा पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं लेउवा संघका पुर्व अध्यक्ष बावुराम गिरी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष चतुराखर अधिकारी, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्र.ना.नी प्रविण आचार्य, प्र.ना.नि उदयबहादुर कुंवर, प्र.ना.नि बद्रिनाथ शर्मा, प्र.ना.नी दिलप्रसाद अधिकारी, प्र.स.नि तेजबहादुर राउतलगायतका ट्राफिक इन्चार्ज, विभिन्न व्यवसायीहरुको सक्रिय सहभागिता रहेको थियो ।

संघका महासचिव उपेन्द्रराज सुवेदीले संचालन गरेको कार्यक्रममा धन्यवाद मन्तव्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले राखेका थिए ।

You might also like

Comments are closed.